स्वास्थ्य अवस्था सु’धार उन्मुख : प्रधानमन्त्रीले साेधे बाहिर के भैरहेकाे छ ?


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीकाे त्रिवि शिक्षण अस्पताल परि’सरको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रा’न्सप्लान्ट से’न्टरमा एपेन्डिसाइटिसकाे अप’रेसन गरेर भे’न्टिलेटरमा रहँदा बे’हाेस थिए । बुधबार बिहानदेखि भने होस खुलेको छ । होस खुलेसँगै प्रधानमन्त्री ओली पुरै सन्चो भएको शैलीमा पूर्ववत् अवस्थमा फर्किन खोजेको चिकि’त्सकहरुले बताएका छन्। प्रधानमन्त्री ओली एपेन्डिसाइटिस भएपछि त्रिवि शिक्षण अस्पताल परि’सरको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रा’न्सप्लान्ट से’न्टरमा उपचाररत छन्। मंगलबार बिहान उक्त सेन्टरमा भ’र्ना गरिएका प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको अप’रेशनपछि एक दिन बे’होस अवस्थामा रहे। अप’रेसनपछि एक दिन सेमी भे’न्टिलेटरको अवस्थाबाट निकालेर अहिले प्रधानमन्त्रीलाई स’घन उप’चार कक्ष (आईसियु) मा राखिएको छ। मंगलबार बिहान ९ बजे अस्पताल पुगेका ओलीको मध्यान्ह त्रिवि शिक्षण अस्पतालका स’र्जन डा. रमेशसिंह भण्डारीसहितको टोलीले अप’रेसन गरेको थियो।
पेट चिरेर श’ल्यक्रिया गरेको मान्छे अस्पता’लबाट बाहिर जान खोज्दै देशको राजनीतिक गतिविधिबारे चासो लिइरहेपछि चिकि’त्सहरुले पनि उनीसँग ठ’ट्टा गरिरहन्छन्। बुधबार बिहान कालो चिया पिएका ओलीलाई बिहीबार बिहान दालको रस पिलाइएको छ। बुधबारै आईसियुको बेडबाट उठेर मेचमा बसेका ओलीले बिहीबार बिहानदेखि अझै सक्रियता बढाएका छन्। मिर्गौलाले करिब काम गर्न छा’डिसकेको अवस्थामा बुधबार बेलुका करिब ५ घण्टा लगाएर डाय’लाइसिस पनि गरिएको थियो। डाय’लाइसिस गरिएपछि मध्यरातमा स्वास्थ्यमा स’मस्या देखिएपछि केही ग’म्भीर बनेका प्रधानमन्त्री ओलीको अ’वस्था बिहान सु’धार भएको थियो।



मनमोहनका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले निकालेको विज्ञ’प्तिमा प्रधानमन्त्रीको स्वा’स्थ्यमा उल्लेखनीय सु’धार आएको उल्लेख छ। फेरि सक्रिय स्वास्थ्यमा राम्रो सु’धार भएसँगै प्रधानमन्त्रीले पुरानै शैलीमा नियमित सक्रियता देखाउन खोजेका छन्। उपचारमा संल’ग्न उनका निजी चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीले बिहीबार बिहानैदेखि देशको राजनीतिक अव’स्था र बाहिरको माहोलबारे चासो राखिरहेका छन्। ‘यति ज’टिल अव’स्थामा पनि प्रधानमन्त्रीले बिहानै उठेर मेरोबारेमा बाहिर के आएको छ भनेर सोधिरहनु भएको छ’, उनले भने, ‘हामीले भे’न्टिलेटरमा राखेकाले अलिक बढी चि’न्ता र चासो भएको भनेर बतायौँ।’ सायमीका अनुसार प्रधानमन्त्रीले चिकि’त्सकहरुसँगको कुराकानीमा आफ्नोबारेमा भएका कुनै पनि कुरा नलुकाउन भनेका छन्। ‘मेरो बारेमा जे छ केही नलुकाउनु भन्नु भएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सायमीले भने, ‘पूरा ठीक हुन अझै समय लाग्ने अव’स्थामा प्रधानमन्त्रीले पुरानै शैलीमा सक्रियता देखाउन खोज्दा हामी पनि अचम्मित छौँ।’ बिहीबार बिहान प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णु रिमाल र अर्का सल्लाहकार डा. राजन भट्टराईसहितको टोली प्रधानमन्त्रीलाई भे’ट्न पुगेको थियो । उनीहरुसँग पनि डाक्टरहरुमार्फत् नै प्रधानमन्त्रीले आफ्नोबारे बाहिर के कुरा हुँदैछ भनेर सोधीखोजी गरेका थिए।
सल्लाहकारहरुसँग डाक्टरहरुमार्फत् छल’फल गरेपछि प्रधानमन्त्रीको एकाउन्टबाट सन्देश छा’डिएको हो। सल्लाहकार टिमले डाक्टरहरुसँग पराम’र्श गरेपछि बिहीबार मध्यान्ह प्रधानमन्त्रीको फेसबुक र ट्विटरबाट आफूलाई सन्चो भइरहेको सन्देश पनि सामाजिक स’ञ्जालबाट पठाए। यद्यपि उक्त सन्देश सचिवालयका सदस्यहरुमार्फत् पठाएका थिए। ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको श’ल्यक्रिया गरी स्वा’स्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य ती’ब्र गतिमा सु’धार भइरहेको छ। स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’, प्रधानमन्त्रीको ट्विटर र फेसबुकबाट भनिएको छ। चिकित्सकसँग हाँसोठ’ट्टा विस्तारै स्वा’स्थ्यमा सु’धार हुन थालेपछि प्रधानमन्त्रीले बाहिर जान चासो देखाएका थिए। तर चिकित्सकहरुले प्रधानमन्त्रीलाई अझै केही दिन अस्पता’लमै राखेर उपचा’र गर्नुपर्ने निचोड निकालिसकेका छन्। उनीहरुले मिर्गौलाको डाय’लाइसिस पनि गर्नुपर्ने भएकाले मनमोहनबाट त्रिविमा सार्नेबारेमा बिहीबार दिउँसो छल’फल गरेका छन्। स्वास्थ्यमा सु’धार भएपछि प्रधानमन्त्री अहिले बेडबाट उठेर मेचमा बस्न थालेका छन्। त्यही क्रममा उनले बाहिरी राजनीतिक माहोल र समसामयिक विषयमा चासो राखेर अस्पता’लबाट निस्कन खोजेपछि चिकित्सकहरुले ठ’ट्टा गरेका थिए।

उपचारमा संल’ग्न डा. सायमीले प्रधानमन्त्रीलाई जि’स्क्याउँदै कहाँ जाने भनेर सोधेका थिए। ‘आज यहाँबाट हामीले निकालेपछि पोखराको चुनावमा भाषण गर्न जाने कि दशरथ रंगशाला उ’द्घाटन गर्न जाने ?’, सायमीले प्रधानमन्त्रीलाई सोधेका प्रश्न उधृत गर्दै स्रोतले भन्यो,’तर प्रधानमन्त्री मुस्काउनु भयो, कुनै प्रतिक्रिया दिनु भएन।’ चिकित्सकहरुले बाहिर जाने भन्दा प्रधानमन्त्रीले हाँसेका थिए तर उनले कुनै उत्तर दिएनन्। ‘मेरोबारेमा बाहिर के आएको छ भनेर चासो लिइरहनु भएको छ’, सायमी भन्छन्, ‘समसामयिक विषयमा पनि उत्तिकै चासो छ। आईसियु रुमको बेडबाट उ’त्रेर मेचमा बसेपछि डाक्टरको टिमसँग छल’फल गर्नु भएको छ। उहाँलाई देशको धेरै चिन्ता छ।’ प्रधानमन्त्री अस्व’स्थ भएपछि दशरथ रंगशालामा मंसिर १५ गते सुरु हुने दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग) उ’द्घाटन समारोहमा सम्बोधन गर्न नपाउने भएका छन्। सागको उ’द्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । कास्कीमा मंसिर १४ मा प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा नेकपाका उम्मदेवारहरुलाई भोट माग्ने कुनै कार्यक्रम प्रमले जान पाएनन्। प्रधानमन्त्रीले बाहिरी माहोलको धेरै चासो लिइरहेपनि चिकित्सकहरु तत्काल उनलाई आईसियुबाट निकाल्ने प’क्षमा छैनन्। ‘अझै कम्तीमा ३ दिन उहाँलाई आईसियुमै राखेर आराम गराउनुपर्छ’, उपचारमा संलग्न अर्का चिकि’त्सक भन्छन्, ‘यहाँ डाय’लाइसिसका लागि मेसिन नभएकाले बरु शिक्षणको आईसियुमा सार्न सकिन्छ।’








