८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्रा’उ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिरक पक्रा’उ परेका छन् । विमानस्थल भन्सार कार्यालयले गएराति नियमित जाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्रा’उ गरेको हो ।

पक्रा’उ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायका अनुसार उनीहरु हङकङबाट नेपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए । पक्रा’उ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने खुलिसकेको छैन ।

ठूलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती गोरे समूहको गिर’फ्तारीसँगै विमानस्थलमा तस्करको र्‍या’केट ध्व’स्त भएको सरकारले दा’बी गरेको थियो । तर, अझै समयसमयमा सुन बरा’मद हुँदै आएको छ ।

सम्बन्धित खवर

Back to top button