उपनिर्वाचनकै मुखमा वडा अध्यक्षकाे नि’धन


संखुवासभा : उपनिर्वाचनकै मुखमा जिल्लाका एक वडा अध्यक्षकाे नि’धन भएकाे छ । चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको नि’धन भएको हाे। नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा नि’धन भएको हो। रिक्त रहेका पदका लागि तीनै तहकाे उपनिर्वाचन भाेली शनिबार हुँदै छ ।
यही समयमा आठ महिनाअघिदेखि उपचार गराइरहेका क्यान्सर राे’गबाट पीडित शेर्पाकाे नि’धन भएकाे हाे । २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष भएका थिए।



उनी तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्ष पदमा विजयी भएका थिए । मृ’तक वडा अध्यक्ष शेर्पाकाे मयुममा नै शुक्रबार दिउँसो अ’न्त्येष्टि गरिने नगर प्रमुख खत्रीले जानकारी दिए।