माइक्रो बस दु’र्घटना हुँदा दैलेखमा तीनको मृ’त्यु, सात घा’इते


दैलेख : दैलेखमा माइक्रोबस दुर्घ’टना हुँदा तीन जनाको ज्यान जानुका साथै सात जना घा’इते भएका छन् । शुक्रबार बिहान गुराँस गाउँपालिका–४ मुग्राहमा माइक्रो बस दु’र्घटना हुँदा तीनजनाको ज्यान जानुका साथै सातजना घा’इते भएको हुन्।
सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान करिब पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए।



घाइ’तेहरुको उ’द्धारका लागि रानीमत्ता प्रहरी चौ’कीको टोली ख’टिएको छ। जिल्ला प्रहरी कार्यालयको टोली घट’ना स्थलतर्फ जाँदै गरेको दैलेखका प्रहरी प्रमुख वलीले बताए। गाडी सडकवाट करिब ५०० मिटर तल ख’सेको छ। दु’र्घटनाको कारण खुल्न सकेको छैन।