मन्त्री र महानगर प्रमुखविरुद्ध सर्वोच्चमा रि’ट


काठमाडौं : संघीय सरकारका विभिन्न मन्त्रीहरु र काठमाडाैं महानगरपालिकाकाे मेयरविरुद्ध सर्वाेच्च अदा’लतमा रि’ट परेकाे छ । काठमाडौं शहरको रूप बि’गार्ने सामग्री नहटाइएको भन्दै विभिन्न मन्त्रालयका मन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुखविरुद्ध सर्वोच्च अदा’लतमा रि’ट परेको हाे । नगरलाई सुन्दर बनाउने कानूनी दायित्व पालना नगरी काठमाडौं महानगरभित्र रहेका विज्ञा’पन हो’डिङ बो’र्ड, भित्तेलेखन, बिजुलीको पोल, भित्तामा टाँ’सिएका पोस्टर, पर्चा पम्प्लेट, न’हटाइएको वि’रुद्ध सर्वाेच्चमा रि’ट परेको हो।
देशमा पर्यटन वर्ष २०२० मनाउने तयारीमा भैरहेकाे बेला महानगरलाई कुरूप बनाउने वस्तु हुटाउन सर्वोच्चले यसअघि नै दिएको परमादे’श पनि कार्या’न्वयन नगरिएपछि अधिव’क्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा अव’हेलनाको मु’द्दा दा’यर गरेका हुन्। अधिव’क्ता श्रेष्ठले यसअघि २०७१ साउन ७ गते दा’यर गरेको रि’टमा सुनु’वाई गर्दै सर्वोच्च अदा’लतका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयु’क्त इज’लासले २०७२ भदौ १६ गते विज्ञा’पनका होर्डि’ङ बोर्ड, पो’स्टर, भित्तेलेखनलगायत सामग्री हटा’उन परमादे’श जारी गरेको थियो। अदा’लतले ‘शहरका घर, पर्खाल, छत, बिजुलीको पोल र सडकका डिभाईडरमा रहेका पर्चा पम्पलेट, भितेलेखन, अनधिकृतरूपमा राखिएका होडिङ बोर्ड, विज्ञापन बोर्डलाई हटाई पुनःप्रयोग गर्न नदिन विपक्षीहरूको नाऊमा परमादेश’ जारी गरेको थियो।



तर, अहिलेसम्म कार्यान्वयन नभएपछि अवहेलनाको मु’द्दा दा’यर गरिएको अधि’वक्ता श्रेष्ठले बताए। सर्वोच्चको फै’सला कार्या’न्वयन शाखाले गत कात्तिक २७ गतेसम्म ५ पटक पत्र लेखेर सरकारको नाममा अदा’लतको फै’सला कार्या’न्वयन गरी विवरण बुझाउन भने पनि अ’टेर गरिएपछि फेरि रि’ट दा’यर गरिएको अधि’वक्ता श्रेष्ठको भनाइ छ। अदा’लतको फै’सला कानूनबमोजिम कार्या’न्वयन नगरिएपछि संविधानको धारा १२८(४) र न्याय प्रशा’सन ऐन २०७३ को दफा १७ (४) बमोजिम हदैसम्मको कै’द तथा जरिवाना गर्न मागसहित व्यक्तिका नाममा रि’ट हालेको अधिवक्ता श्रेष्ठले बताए। संविधानको धारा १२८(४) मा सर्वोच्च अ’दालतको फै’सला का.नुन सरह लागू हुने, सबैले मान्नुपर्ने भनि उल्लेख गरिएको छ भने न्याय प्रशा’सन ऐन २०७३ को दफा १७ (४) मा यदि अदा’लतले गरेको फै’सला कार्या’न्वय नगरे अ’वहेलना मु’द्दामा का’रवाही हुने र एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
रि’टमा गृहमन्त्री रामबहादुर थापा बादल, वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत, शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशा’सन मन्त्री हदयेश त्रिपाठी, महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रशासकीय अधिकृत केदार न्यौपाने, महानगर वातावरण विभा’गका प्रमुख हरिकुमार श्रेष्ठ, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायतलाई वि’पक्षी बनाइएको छ।








