कास्की २ काे मतगणना आज राति नै सुरु

कास्की : कास्की २ काे मतगणना आजैदेखि सुरु हुने भएकाे छ । कास्की क्षेत्र नम्बर २ मा भएको उपचुनावकाे मतगणना आज शनिबार रातिदेखि नै सुरु हुने भएको हाे । शनिबार राति १० बजेपछि मतगणना हुने निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । साँझ ८ बजेसम्म सबै मतपेटिकाहरु जिल्ला समन्वय समिति कास्कीमा ल्याइसक्ने र दलहरुसँग बैठक बस्ने तय भएको कार्यालयले जानकारी दिएको छ ।

दलहरुसँगको छलफलपछि राति १० बजेदेखि मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए । मतगणना हुने ठाउँ जिल्ला समन्वय समितिको हलमा सीसी क्यामेरा जडान गरिएको छ । त्यस्तै बाहिरी मान्छेले अव’रोध नगरुन भनेर ता’रजाली लगाइएको छ । कास्कीको क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि भएको चउपचुनावमा झण्डै ६५ प्रतिशत मत ख’सेको छ ।

पोखरा महानगरपालिकाको ११ वटा वडा रहेको कास्की २ मा बिहान ७ बजेबाट मतदान सुरु भएर साँझ ५ बजे सकिएको थियाे । झण्डै ६५ प्रतिशत मत खसेको अनुमान गरिएको कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए । बुथहरुमा समन्वयन भइरहेकोले यति नै भयो भनेर भन्न केही समय लाग्ने उनको भनाइ छ । ‘कास्की ४ स्थानमा ब’म प’ड्किएको बाहेक अन्य स्थानमा शान्तिपूर्ण रुपमा नै मतदान भयो’, उनले भने, ‘ब’म प’ड्किएका स्थानमा पनि सामान्य रुपमै मतदान भयो ।’

कास्की क्षेत्र नम्बर २ को उपचुनावका लागि लागि ३२ मतदानस्थलमा ८२ केन्द्र रहेका थिए । कास्की क्षेत्र नम्बर २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् । उपचुनावको सुर’क्षाका लागि नेपाली से’ना, नेपाल प्रहरी र सश’स्त्र प्रहरी परिचालन गरिएको थियो ।

पाेखरामा प्रतिस्पर्धा

२०५६ सालको प्रतिनिधिसभा चुनावमा कास्की २ बाट कांग्रेस नेता महादेव गुरुङ विजयी भएका थिए भने त्यसपछिको चुनावमा लगातार तत्कालीन एमाले नेता रवीन्द्र अधिकारी विजयी हुँदै आएका थिए । यसपटकको उपचुनावमा अधिकारीको पत्नी विद्या भट्टराई र कांग्रेसका पाका नेता खेमराज पौडेल चुनावी मैदानमा उ’त्रिएका छन् । यसअघिको चुनावमा तत्कालीन एमालेका उमेद्वार रवीन्द्र अधिकारी नेपाली कांग्रेसका उम्मेद्वारलाई ८ हजार पाँच सय मतको अन्तरले हराउँदै विजयी भएका थिए ।

२०७४ सालको चुनावमा अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका देवराज चालिसले १८ हजार ६ सय ६१ मत प्राप्त गरे । अघिल्लो चुनावमा ७० हजार ६ सय ५१ जना मतदाता रहेकाेमा हाल ७१ हजार ८ सय ७१ मतदाता रहेका छन् । प्रमुख प्रति’स्पर्धीको रुपमा रहेका दुवै दलले जित्ने दा’बी गरेका छन् । नेकपाले राजनीतिक स्थायित्वलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै साझा पार्टीकाे उम्मेदवारमा २ महिनाअघि मात्रै प्रमुख प्रतिपक्ष कांग्रेस छोडेर पार्टी प्रवेश गरेकी रजनी केसी छन् ।

समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवारको रुपमा उठाएको छ । आफूलाई वैकल्पिक शक्तिको रुपमा दा’बी गर्दै आएको समाजवादी पार्टीले इन्जिनियर र भूतपूर्व सै’निकलाई चु’नावी मैदानमा उतारेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रोमबहादुर भण्डारी प्रति’स्पर्धामा छन् । भण्डारी पोखरा महानगरपालिका १५ का पुराना नेता हुन् । युवाहरुले स्थापना गरेको विवेकशील नेपाल दलले स्व’तन्त्र रुपमा जमुना शर्मालाई उम्मेदवार बनाएकाे छ ।

सम्बन्धित खवर

Back to top button