भक्तपुर १ ‘क’ काे पनि आजै मतगणना

भक्तपुर : भक्तपुर क्षेत्र नम्बर १ प्रदेश (क) मा प्रदेश सभा सदस्य पदको उपचुनावको मतगणना आजै हुने भएकाे छ । मुचुल्का गरी मतपेटिका मतगणनास्थलमा पुर्‍याइ सकेकाेले सर्वदलिय बैठक गरी आजै रातिबाट मतगणना सुरु हुने भएकाे हाे । प्रदेश १ (क) मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा गरी १० वटा वडामा २२ मतदानस्थल र ५४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएसँगै आजै मतगणना सुरु हुने भएकाे हो ।

प्रमुख जिल्ला अधिकारी भट्टले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नै शान्तिपूर्ण रुपमा मतदान भएको जानकारी दिए । नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी १९ उम्मेदवार चुनावी मैदानमा रहेका थिए । मतदान सम्पन्न भएसँगै मतपेटिकाको मुचुल्का गरी मतपेटिका मतगणनास्थलमा पुर्‍याइएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्यतु प्राधिकरणमा आजैबाट मतगणना सुरु हुने प्रजिअ भट्टले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तिम्सिनाले मतगणनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । मतगणनास्थलमा मतपत्रको सुर’क्षाका लागि ता’रजाली राखिएको बताउँदै उनले मतगणनास्थलमा सीसी क्यामेरा जडान गरिने र सु’रक्षा व्यवस्था मजबुत पारिएको बताए । सर्वदलीय बैठक आ’ह्वान गरेको र नौ बजेसम्म बैठक बसेर आजै रातिबाट मतगणना गर्ने र भोलि साँझसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

जम्मा ४५ हजार १५ मतदाता रहेको यस क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला मतदाता गरी ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए । भक्तपुरमा ७१ दशमलव १७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । २०७४ मंसिर २१ गते भएको चुनावमा ७५ दशमलव १७ प्रतिशत मत खसेकोमा यसपटक उपचुनावमा भने ४ प्रतिशत कम मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button