कुमाख-५ मा नेकपाका धर्मे बुढाथोकी विजयी


सल्यान : सल्यानमा पनि नेकपका उम्मेदवार विजयी भएका छन् । कुमाख गाउँपालिका -५ काे वडा अध्यक्षमा नेकपाका उमेदवार धर्मे बुढाथोकी (ज्वाला) विजयी भएका हुन् । पुर्व माओवादी निकट उनि ७ सय ९२ मत ल्याएर विजय भएका हुन् ।
उनका निकटतम् प्रतिद्व’न्दी नेपाली काँग्रेसका खडक बहादुर बोहराले २ सय ५१ मत र राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन् । याे वडामा कुल मतदाता १ हजार ८ सय ३९ रहेकाेमा १ हजार १ सय २४ जनाले मतदान गरेका थिए । जसमा ६० मत बदर भएकाे मुख्य निर्वाचनकाे कार्यालय सल्यानले जनाएकाे छ ।



यसअघि पनि याे वडामा माओवादीका हरि प्रकाश बुढाथाेकीले वडा अध्यक्ष जितेका थिए । उनि जिल्ला समन्वय समिती सल्यानमा गएपछि उपनिर्वाचन भएकाे हाे । राेल्पाकाे थवाङमा पनि नेकपा उम्मेदवार विजयी भैसकेका छन् ।