लमजुङ सुन्दरबजार- २ बाट नेकपाका श्रेष्ठ विजयी


लमजुङ : लमजुङको सुन्दरबजार २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् । ९९३ मत ल्याएर नेकपाका नवीनकुमार श्रेष्ठ विजयी भएका हुन्। ।
उनका निकटम प्रतिद्व’न्दी नेपाली काँग्रेसका प्रकास सेढाईले ४ सय ८४ मत ल्याएका छन् । राप्रपाका पवनराज बसौलाले १६, मंगल नेसनल अर्गनाइजेसनका राम्जी दर्जीले ८, काँग्रेसबाट छुट्टिएर बनेको स्वत’न्त्र समूहका तर्फबाट उम्देवार बनेका कृष्णबहादुर केसीले १२ मत प्राप्त गरेका छन् ।



कुलमा १२ मत बदर भएको निर्वाचन आयाेगकाे कार्यालय लमजुङले जनाएकाे छ । लमजुङमा भएको निर्वाचनमा ६६ दशमलव २६ प्रतिशत मतदान भएको थियो । दुई वटा मतदानस्थलको तीनवटा मतदान केन्द्रमा गरी १ हजार ५ सय २३ मत खसेको हो ।
यहाँ कुल २ हजार २ सय ९७ मतदाता थिए । महेन्द्र मन्दिर माविको मतदान केन्द्र क ४ सय ३६, मतदान केन्द्र ख मा ४ सय १८ र कान्ति मन्दिर मतदान केन्द्रमा ६ सय७लदकउस ६ जनाले मतदान गरेका छन् । मतदानमा महिला ८ सय ६२ र पुरूष ६ सय ६१ जनाले मतदान गरे ।
यसअघि वडाअध्यक्ष पदमा निर्वाचित नेकपाका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली रहेको थियो । वडा अध्यक्ष पदका लागि नेकपाको तर्फबाट नवीनकुमार श्रेष्ठ, कांग्रेसका तर्फबाट प्रकाश सेढाइँ, राप्रपाका पवनराज बसौला, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जी र काग्रेसबाट छुट्टिएर बनेको स्वत’न्त्र समूहका तर्फबाट कृष्णबहादुर केसीले उमेद्वारी दिएका थिए । वडामा २ हजार १ सय २४ मतदाता रहेकोमा उपनिर्वाचनमा मतदाता संख्या २ हजार २ सय ९७ पुगेको थियो।