नेकपाका ढालेन्द्र शेरचन बडिगाड-२ बाट विजयी

बागलुङ : बागलुङमा नेकपाका उम्मेदवारा विजयी भएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा ढालेन्द्र शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका हुन्। बाम गठब’न्धनबाट उम्मेदवार बनेका शेरचनले विजयी हाँसिल गरेका हुन्।

उनका निकटतम प्रतिद्व’न्दी नेपाली कांग्रेसका डिल बहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन्। वडाअध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टीका हरीलाल रानाले ६ मत प्राप्त गरे। १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

वडाअध्यक्षको निर्वाचनमा नेकपाबाट उम्मेदवार शेरचनलाई राष्ट्रिय जनमोर्चाले सघाएको थियो। २०७४ मा निर्वाचित वडाअध्यक्ष विष्णु भुषल जिल्ला समन्वय समितिको उपसंयोजकमा निर्वाचित भएपछि उक्त वडा रित्त रहेको थियो।

सम्बन्धित खवर

Back to top button