सिन्धुपाल्चोक इन्द्रावती-८ बाट नेकपाका आचार्य विजयी


काठमाडौं : सिन्धुपाल्चोकबाट पनि नेकपाकै उम्मेदवार विजयी भएका छन् । इन्द्रावती-८ बाट नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी भएका हुन्। उनी ७ सय १२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्व’न्द्वी नेपाली कांग्रेसक अशोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाए।
राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ १२ र राप्रपा नेपालकाले ३ मत मात्रै ल्याए भने ९ मत बदर भएको छ। उत्साहजनक रूपमा मतदान भएको मतदानमा ११ सय ७५ मत खसेको थियो।



उक्त वडामा १४ सय ४ मतदाता थिए। वडाध्यक्ष धनबहादुर श्रेष्ठको मृ’त्यु भएपछि अहिले उपनिर्वाचन भएको हो। सिन्धुपाल्चोक जिल्लामा एक ठाउँमा मात्र उपनिर्वाचन भएको कारणले राजनीति दलको नेताको ध्यान इन्द्रावतीमै केन्द्रीत भएको थियो।








