बैतडीको सुर्नयामा नेपाली कांग्रेसका चन्द विजयी

बैतडी : उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्द विजयी भएका हुन् ।

उनी नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएकाे जानकारी अनुसार सुर्नया-१ मा ६०९ मतदातामध्ये ४३८ मत खसेको थियो।

सम्बन्धित खवर

Back to top button