प्रचण्डकाे प्रभाव क्षेत्रमा कांग्रेसले मार्याे बा’जी

चितवन : नेपाल कम्युनिष्टका अध्यक्ष कमल दाहाल ‘प्रचण्ड’को प्रभाव क्षेत्रको रुपमा रहेकाे चितवनको खैरहनी नगरपालिका ५ मा नेपाली कांग्रेसले बा’जी मारेकाे छ। नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्।

उनले आफ्नी प्रतिस्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए । चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डकी पुत्री रेणु दाहाल मेयर छिन्।

यसअघी काग्रेसले वैतडी र अर्घाखाँचीमा पनि जीत हासिल गरेको छ। अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् । यसैगरि बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।

सम्बन्धित खवर

Back to top button