काेहलपुर नगरपालिका-६ बाट नेकपाका उम्मेदवार विजयी


काेहलपुर : बाँकेकाे काेहलपुर नगरपालिका-६ काे वडा अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उम्मेदवार रामशरण थारुले ८०० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण थारुले ७३६ मत ल्याएका छन् । यस्तै राप्रपाका उम्मेदवार श्रीधर सुवेदीले ६१ मत प्राप्त गरेकाे छन् । नेमकिपाका उम्मेदवार दीपालक्ष्मी हमालले १३ मत ल्याएका छन् भने समाजबादी उम्मेदवार शुभाखर पाेख्रेलले १० मत प्राप्त गरेका छन् ।



निवार्चन आयाेगकाे कार्यालय बाँकेका अनुसार १४ मत बदर भएका छन् ।








