धमाधम नतिजा आइरहेका बेला धरानको मतगणना भने सुरू नै भएन


धरान : धमाधम नतिजा आउने क्रम जारी रहेका बेला धरानकाे मतगणना गर्ने कार्य भने सुरु नै भएकाे छैन् । मतगणनास्थल साँघुरो र असहज भएको भन्दै धरान उपमहानगरपालिकाको मतगणना अझै सुरु हुन नसकेको हाे । एउटै कोठा भित्र चार ठाँउ मतगणना गर्न नसकिने भन्दै कांग्रेस उमेदवार तिलक राइले तत्काल मतगणना गर्न नहुने अ’डान राखेपछि राति १० बजे सुरु हुने भनिएको मतगणना अझै सुरु हुन नसकेको हो।
मतगणनास्थलको सुर’क्षा व्यवस्था चु’स्त भए पनि कोठा साँघु’रो छ। ५९.२४५ प्रतिशत मतदान भएको धरानमा मतगणनास्थलको तयारी भइसकेको थियो। तर ठाउँ पर्याप्त नभएको गुनासो सुनिएपछि समय लम्बि’ने भएको छ।



मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले क’डा सु’रक्षा व्यवस्थामा मतगणनाको तयारी गरिरहेको बताएका छन् । मतगणनास्थलमा २ वटा सिसिटिभी राखिएको छ। मतगणना गर्ने गणक र उम्मेदवारका प्रतिनिधिहरुबीच घे’राबारा राखिएको छ।








