उपनिर्वाचन अपडेट : कहाँकहाँको नतिजा सार्वजनिक ?


काठमाडौं : खोटाङको साकेला गाउँपालिका वडा नम्बर ३ खिदिमामा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार शिवकला राई विजयी भएकी छिन्।
उनले ३९१ मत प्राप्त गरिन्। उनका प्रतिद्व’न्द्वी नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङले ३७४ मत प्राप्त गरेका छन्। समाजवादी पार्टीले १२ ल्याउँदा राप्रपाले १ मत प्राप्त गरेको छ।



गडीमाई नगरपालिका- २ मा नेपाली कांग्रेस
रौतहटको गडीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्।
७ सय ७१ मत ल्याएर श्रेष्ठ विजयी भएका हुन् । नेकपा उम्मेदवार जवार मियालाई १ सय ७५ मतको अन्तरले हराउँदै श्रेष्ठ विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्व’न्द्वी नेकपाका उमेदवार जवार मियाले ५ सय ९६ मत ल्याए ।
समाजवादी पार्टीको तर्फबाट उमेदवार बनेका दिनेश दासले १ सय २२ मत ल्याए । १ हजार ८ सय २२ मत रहेको सो वडामा २ वटा मतदान स्थलको ३ वटा के’न्द्रबाट मतदान भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिए ।
त्यस वडामा १ हजार ५ सय ४९ अर्थात ८५.०१ प्रतिशत मत ख’सेको थियो । बेलुकी साढे आठ बजेबाट गडीमाई नगरपालिका वाड नम्बर १ स्थित शंकर गुदर माबि समनपुरमा मतगणना भएको थियो । २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनका राजपाबाट निर्वाचित वडाअध्यक्ष जो’गी दास त’त्माको मृ’त्यु भएपछि उक्त वडामा निर्वाचन भएको हो।
मृ’तक जोगी दासका छोरा दिनेश दासले समाजवादी पार्टीको तर्फबाट उमेदवारी दिएका थिए । विजयी वडाअध्यक्ष श्रेष्ठलाई जिताउन रौतहट क्षेत्र नंं ४ का सांसद देवप्रसाद तिमलसिना सक्रिय भएर लागेका थिए।
त्रिवेणी नगरपालिका- १ मा नेकपा
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ छताराको उपनिर्वाचनमा सत्तारूढ नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपा मनराज बुढा ‘मिलन’ ३६७ मतसहित विजयी भएका हुन्।
जम्मा मतदाता संख्या १,०३९ रहेको यहाँ ७२७ मत ख’सेको थियो। पराजित नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत ल्याएका छन्। यहाँ ११ मत ब’दर भएको छ।
छिन्नमस्तामा राजपाकी प्रमिला यादव विजयी
स्थानीय तह उपनिर्वाचनअन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका वार्ड नम्बर ७ को वडाध्यक्ष पदमा राष्ट्रिय जनता पार्टी नेपालकी प्रमिलादेवी यादव विजयी भएकी छन्।
यादव कुल ख’सेको मतमध्ये पाँच सय ४० मत ल्याएर विजयी बनेकी हुन्। उनकी निकटतम् प्रतिद्व’न्द्वी नेपाल कम्युनिष्ट पार्टीका अच्छेलाल यादवले पाँच सय २९ मत प्राप्त गरेका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार कांग्रेसका शिवनारायण मण्डल १५, जनमत पार्टीका दिनेशकुमार यादवले ११ मत प्राप्त गरेका छन्।
कुल एक हजार चार सय तीन मतदाता रहेको छिन्नमस्ता ७ मा एक हजार एक सय १४ मत ख’सेको र १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पहिलो स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समिति प्रमुख भएपछि रिक्त भएपछि उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा वडाध्यक्ष बनेकी प्रमिला प्रभाकरकी पत्नी हुन् । उपनिर्वाचनमा प्रमिलालाई समाजवादी पार्टीको समेत समर्थन रहेको थियो।
मालारानी गाँउपालिका ३ मा कांग्रेस
अर्घाखाँचीको मालारानी गाँउपालिका ३ को वडाअध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन्।
उनी ११ सय ५९ मत प्राप्त गरि विजयी भएका हुन्। उनका निकटत प्रतिद्व’न्द्वी नेपाल कम्युनिष्ट पार्टीका यमलाल खनालले १ हजार ५३ मत प्राप्त गरि पराजित भएका छन्।
१ सय ६ मतको अन्तरले यमलाल पराजित भएका हुन्। त्यस्तै राप्रपाका रणबहादुर खनालले ४ मत प्राप्त गरेका छन्। ९ मत ब’दर भएका छन्। वडा अध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा कुल ३ हजार ११ मतदाता संख्यामा २२ सय २५ मत ख’सेको थियो। मतदाताको अनुपातमा ७३.८९ प्रतिशत मत ख’सेको थियो ।
शिवराज नगरपालिका- १० मा राजपा
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गरेकी छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ख’सेको १ हजार ७ सय २२ मत मध्ये मत ८ सय ६८ ल्याई विजयी हासिल गरेकी हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देव भारती ले ४ सय ६५ मत ल्याए। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अ’दालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११ मत प्राप्त गरेका छन् । २१ मत ब’दर भएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वत’न्त्रबाट वडाध्यक्ष बनेकी शकुन्तला भारतीको नि’धन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो। वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७ राजनीतिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जना प्रति’स्पर्धामा थिए।
चितवनको खैरहनी-४ मा कांग्रेस
स्थानीय तह उपनिर्वाचन अन्तर्गत चितवनको खैरहनी नगरपालिका–४ मा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेत १५२ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्व’न्द्वदी नेकपाका उम्मेदवार बेदबहादुर अधिकारी १५२ मतले पराजित भए । यसअघि पनि उक्त वडामा कांग्रेसका उम्मेदवार नै विजयी भएका थिए । खैरहनी ५ मा पनि नेपाली कांग्रेस नै विजयी भएको छ।
प्यूठानमा नेकपा विजयी
प्यूठान नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मु’क्ति पोख्रेल विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २ सय ८४ को मतान्तरले हरा’उँदै पोख्रेल विजयी भएका हुन्।
विजयी उमेद्वार पोख्रेलले १ हजार १ सय २७ मत प्राप्त ल्याए भने प्रतिद्व’न्द्वी बिष्टले ८ सय ४३ मत प्राप्त गरेका छन् । २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिए।
दुईजनाको उम्मेदवारी परेको प्यूठान नगरपालिका–२ मा ३ हजार २१ मतदातामध्ये १ हजार ९ सय ९५ जनाले मतदान गरेका थिए । वडाअध्यक्ष खिमबहादुर बिष्टको नि’धन भएपछि उपनिर्वाचन गराइएको हो।








