उपनिर्वाचन अपडेट : कास्कीमा नेकपाकी विद्या भट्टराईकाे अग्रता


काठमाडौं : शनिबार सम्मपन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा भएको उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
कास्की क्षेत्र नम्बर २ मा मतगणना भैरहँदा नेकपाकी विद्या भट्टराईले अग्रता लिएकी छन् । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिएकी हुन् । उनले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी छन् । यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाएका छन् ।



भरतपोखरी क्षेत्रबाट मतगणना थालिएको हो । भरतपोखरी नेकपाका नेता स्वर्गीय रविन्द्र अधिकारीको जन्म क्षेत्र हो । समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छिन्। राति पौने २ बाट मतगणना सुरु भएकाे थियाे ।