दुर्घटना अपडेट : ड्राइभरसहित एकै परिवारका ५ काे मृ’त्यु


सुनसरी : जिल्लाकाे हरिपुरमा शनिबारराति १ः०० बजेतिर भएकाे सवारी दु’र्घटनामा एम्बुुलेन्सका ड्राइभरसहित एकै परिवारका ५ जना गरी ६ काे मृ’त्यु भएकाे छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठो’क्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँचसहित एकजना ड्राइभरकाे मृ’त्यु भएकाे हाे ।
विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृ’त्यु भएपछि को १ त ९३६४ नंको एम्बुुलेन्सबाट मृ’तक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नम्बरको ट्रकले एम्बुलेन्सलाई ठ’क्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृ’त्यु भएको एम्बुलेन्स चालक संघ उदयपुरका अध्यक्ष मेहबुब आलमले जानकारी दिए ।



मृ’त्यु हुनेहरुमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृ’त्यु भएको एम्बुलेन्स चालक संघ उदयपुरका अध्यक्ष आलमले जाकारी दिए। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार अहिले मृ’तक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फ’रार ट्रक चालकको खोजी भइरहेको छ।