घोराही–१६ मा कांग्रेसका उम्मेदवार विजयी

दाङ : घोराही उपमहानगरपालिका-१६ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएको छन् । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्व’न्द्वी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरे। त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याएर तेश्रो भएका थिए।

त्यस्तै गरि संघीय समाजबादी पार्टीकी उम्मेदवार विमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका थिए।

वडा नम्बर १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए। जस मध्य ६८ मत ब’दर भएको थियो। गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए। बुढाको नि’धन भएपछि उपनिर्वाचन भएको हो।

सम्बन्धित खवर

Back to top button