दक्षिणकाली- ३ र खाँदबारी-३ मा नेकपाका उम्मेदवार विजयी

काठमाडाैं : काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नं. ३ मा नेकपा विजयी भएको छ । शनिबार भएको उपचुनावमा नेकपाका उम्मेदवार शिवभक्ति बलामी ६१८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका उम्मेदवार जयशंकर केसीको २७८ मत आएको छ ।

खाँदबारी–३ मा नेकपाका भरतकुमार घिमिरे विजयी

संखुवासभाको खाँदबारी नगरपालिका –३ मा भएको वडाध्यक्षको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरतकुमार घिमिरे विजयी हुनुभएको छ । नेकपाका घिमिरे ७ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बिक्रम गुरुङले ४ सय ६७ मत प्राप्त गर्नुभएको छ ।

खाँदबारी–३ मा १ हजार ८ सय २२ मतदाता रहेका थिए । त्यहाँ १ हजार २ सय ७१ मत खसेको थियो । यसअघि पनि यहाँ तत्कालीन एमालेले जितेको थियो ।

सम्बन्धित खवर

Back to top button