पाेखरा अपडेट : नेकपाकी विद्या भट्टराई दाेब्बर मतले अघि


पोखरा : याे उपनिर्वाचनकाे एक मात्र प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे प्रति’स्पर्धामा नेकपाकी विद्या भट्टराई दाेब्बर मतले अघि छिन् । कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा भएकाे प्रति’स्पर्धामा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी हुन्।
अहिलेसम्म पोखरा महानगर ३३ र २१ वडाको मत गणना सकिएको छ। दुई वटा वडाको मत गणना गर्दा नेकपाकी उम्मेदवार विद्या भट्टराई काग्रेसका उम्मेदवार खेमराज पौडेल भन्दा दोब्बर मतान्तरले अगाडी रहेकी हुन्। पछिल्लो मतपरिणाम अनुसार विद्याले ६ हजार ७ सय ९५ मत ल्याउँदा खेमराजले ३ हजार ९४ मत ल्याएर पछ्याइरहेका छन्।



कास्की २ मा ७१ हजार आठसय ७१ मतदाता रहेपनि ४५ हजार ५६३ जनाले उपनिर्वाचनमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। त्यस्तै तीन प्रदेशसभाको पनि मतगणना पनि जारी नै रहेको छ। धरान उपमहानगरपालिकामा कांग्रेस र नेकपाबीच कडा प्रति’स्पर्धा भइरहको छ।








