माटाेकाे ढिस्काेले पु’रिएर तीन मजदुरकाे ज्यान गयाे

कास्की : आइतबार बिहान बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर पोखरामा तीन मजदुरकाे ज्यान गएको छ। जिल्लाकाे पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पु’रिएर तीन जना मजदुरकाे ज्यान गएको हो।

सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोले पु’रिएका कामदारमध्ये तीन जनाको श’वबाहिर निकालिएको उक्त वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए ।

अझै तीन–चारजना ढिस्कोमा पु’रिएको हुन सक्ने आशं’का स्थानीयवासीले गरेका छन् । पुरिएकाहरुलाई बाहिर निकाल्ने कार्य जारी रहेको वडाअध्यक्ष गुरुङले जानकारी दिए । अहिले प्रहरी घट’नास्थलतर्फ जाँदै गरेको छ । घ’टनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर

Back to top button