प्रदेशसभा अपडेट : दाङमा नेकपाको अग्रता

दाङ : दाङको प्रदेशसभा ३ (ख)को उपचुनावको मतगणना भइरहँदा नेकपाकी उम्मेदवारले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपाकी विमलाकुमारी खत्री (वली)ले सुरूवाती अग्रता लिएकी हुन् ।

नेकपाकी उम्मेदवार वलीले ८४० मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्माले २६३ मत ल्याई पछ्याइरहेका छन् । जिल्ला समन्वय समितिको सभाहलमा मतगणना आज बिहान ९ बजेबाट सुरू भएको हो ।

जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो । जसमा ३० हजार १ सय २८ जना पुरुष र २५ हजार ५ सय ९० जना महिलाले मतदान गरेका थिए ।

सम्बन्धित खवर

Back to top button