हुम्लाको खार्पुनाथमा नेकपाकी रुपा शाही विजयी


हुम्ला : हुम्लामा स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विजयी भएकी छिन् । जिल्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा नेकपाकी उम्मेदवार रुपा शाही ६९ मत बढी ल्याएर विजयी भएकी हुन्।
शाहीले १४ सय ५४ मत ल्याएकी छन्। उनकी निकटतम प्रतिद्व’न्द्वी कांग्रेसकी तारा शाहीले १३ सय ८५ मत ल्याएकी छन्। राप्रपा संयुक्तका दीपबहादुर शाहीले १० मत ल्याएका छन्।



खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मत ख’सेको थियो । कुल ३३८७ मतदाता रहेको खार्पुनाथमा २८६९ मत ख’सेको हो। २० मत भने ब’दर भएको छ।
गत असार ३ गते कर्णाली नदीमा भएको जीप दु’र्घटनामा परी उपाध्यक्ष सिन्दु हमाल शाहीको मृ’त्यु भएपछि उपनिर्वाचन भएको हो।








