मकालु गाउँपालिकामा नेकपाका पोख्रेल विजयी

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन्। उनले ३ हजार ०१८ मत ल्याएर विजयी भएका हुन्। नेकपाका पोख्रेलले ८०२ मतको अन्तरले विजयी भएका हुन्। उनका प्रतिद्व’न्द्वी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत मात्र ल्याएका थिए। ९ हजार १ मत रहेको मकालुमा ५ हजार ७ सय ७४ मत ख’सेको थियो।

मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका थिए। अध्यक्ष पदको तेस्रो पार्टी संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ३ सय ३२ मत प्राप्त गरेका छन्। नेकपाका विजयी उम्मेदवार तेजबहादुर शिक्षक पेसाबाट अव’कास लिएर राजनीतिक क्षेत्रमा आएका हुन्।

मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जिप दु’र्घटनामा परेर २०७४ पुस ३० गते मृ’त्यु भएको थियो। उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए। गाउँपालिका अध्यक्ष पदका लागि सत्तारूढ दल नेकपाका तर्फबाट तेजबहादुर पोख्रेल, कांग्रेसबाट विमन पराजुली, संघीय समाजवादी नेपालबाट नर्बु शेर्पा, राप्रपा नेपालबाट मेघनाथ राई, राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई र संघीय लोकतान्त्रीक मञ्चबाट कविता राईले प्रति’स्पर्दा गरेका थिए।

सम्बन्धित खवर

Back to top button