भव्यताका साथ सागको औपचारिक उद्घाटन

काठमाडौं : १३औँ दक्षिण एशियाली खेलकुद (साग)को औपचारिक उद्घाटन आज भएको छ । सागको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको हो । सागमा सबै देशका खेलाडी तथा कर्मचारीले आ–आफ्नो देशको झण्डासहित मा’र्चपास गरेका छन् ।

उद्घाटनको मार्च पासमा नेपालको राष्ट्रिय झण्डा भाराेत्ताेलनका कमलबहादुर अधिकारीले बोकेका छन् । सागमा सहभागीहरुलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत गरेका हुन । उनले संसारको के’न्द्र दक्षिण एसिया बन्दै गैरहेकाले यस क्षेत्रको एकता थप जरुरी रहेको बताए । उनले खेलकुदका माध्यमबाट दक्षिण एसियाले विश्वमा थप पहिचान बनाउन सक्ने बताएका छन् । यस्तै उपप्रधान एवं रक्षामन्त्री इश्वर पोख्रेलले सरकारले यो प्रतियोगितालाई ठूलो महत्व दिएर उद्घाटन गरेको भन्दै सागको सफलताको शुभकामना दिए ।

साग मूल आयोजक समितिका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले साग जस्तो वि’शिष्ट खेलकुद प्रतियोगिता आयोजन गर्न पाउनु नेपालको लागि गर्वको क्ष’ण भएको बताए । उनले नेपाल विश्वमै सुन्दर देश भएकोले खेलकुद पर्यटनको पनि उत्तिकै सम्भावना रहेको बताएका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले चु’नौतीका बा’वजुद भूकम्पले ध्व’स्त बनाएका संरचना मर्मत गरेर साग आयोजना गर्न सकिएकोमा खुसी व्यक्त गरे । उनले गौतमबुद्धको देशमा नेपाल भ्रमण बर्षको निम्तो पनि दिएका थिए ।

दशरथ रंगशालामा अहिले १५ हजार दर्शक, ५ हजारभन्दा धेरै विदेशी खेलाडी, प्रशिक्षक र कर्मचारीको उपस्थितिमा भव्य समारोह चलिरहेको छ । कार्यक्रममा ७ हजार सुर’क्षाकर्मी, ४ हजार झाँकी समूहका सदस्य ३ हजार विद्यार्थी, र पाँच सय कलाकारले झाँकी, गीतसंगीत तथा खेल कौशल देखाउँदैछन् ।

साँझ परेसँगै रँगशालामा थरीथरीका आतिसबाजी पनि सुरु गरिएको छ । साग अन्तर्गत आजदेखि ब्याडमिण्टन र खोखोका खेल शुरु भइसकेका छन् । साग अन्तगर्तका खेल काठमाडौ, ललितपुर पोखरा र जनकपुरमा हुँदैछन् । सागमा यसपटक ३ सय १७ स्वर्ण पदक, ३ सय १७ रजत र ४ सय ८१ वटा कास्य पदकका लागि प्रतिस्र्धा हुनेछ । नेपालबाट ५ सय ९४ खेलाडीले प्रति’ष्पर्धा गर्दैछन् ।

सम्बन्धित खवर

Back to top button