दाङ प्रदेशसभामा नेकपाकी बिमला खत्री विजयी


काठमाडौं : प्रदेशसभा उपचुनाव अन्तर्गत दाङ ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार बिमलाकुमारी खत्री ओली विजयी भएकी छन् । नेकपाकी उम्मेदवार बिमलाकुमारीले २४ हजार २८६ मत ल्याएर विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्व’न्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।



यसअघि २०७४ सालको चुनावमा एमालेका उत्तरकुमार ओलीले २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए । त्यतिबेला कांग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो । ओलीको सवारी दु’र्घटनामा ज्यान गएपछि उपचुनाव भएको हो ।








