नेपाललाई पहिलो स्वर्ण पदक

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक प्राप्त भएको छ । सातदोबाटोस्थित कराँते हलमा सोमबार करातेको व्यक्तिगत पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्।

मण्डेले पाकिस्तानका निएमातुल्हालाई हराउँदै स्वर्ण जितेका हुन्। मण्डेले २५.७२ अंक जोडेका हुन् भने पाकिस्तानका खेलाडीले २४.९२ अंक जोडेर रजतमा सीमित भए।

चन्चलाले जितिन् रजत

नेपालकी चन्चला दनुवारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलकुदमा करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छिन् ।

चन्चलाको यो पदकसँगै आयोजकका लागि घरेलु भूमिमा जारी १३ औं सागमा नेपालले पहिलो पदक जितेको हो। सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग हार्न पुगिन्। चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन्। स्वर्ण जित्न सफल पाकिस्तानकी साइदाले २५.२८ अंक ल्याइन्।

सम्बन्धित खवर

Back to top button