सीमा लिम्बूले जितिन् स्‍वर्ण पदक

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्‍वान्दोमा नेपालकी सीमा लिम्बुले स्वर्ण पदक जितेकी छन्। सोमबार भएको खेलमा सीमाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत प्रती’स्पर्धामा स्वर्ण पदक हात पार्न सफल भएकी हुन्।

उक्त प्रती’स्पर्धामा सीमाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन्।

यसघि तेक्वान्दोको पुम्सेतर्फ नै गोविन्दबहादुर आले र कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका थिए। तेक्‍वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका थिए।

सम्बन्धित खवर

Back to top button