सागमा आयोजक नेपाललाई आठ स्वर्ण पदक


काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अर्न्तर्गतका खेलमा आयोजक राष्ट्र नेपाललाई ८ ओटा स्वर्ण पदक हात लागेको छ । नेपालले कराँतेतर्फ चारओटा, तेक्वान्दोमा तीनओटा र ट्रायथोलनतर्फ एउटा स्वर्ण पदक हात लागेको हो।
कराँतेबाट ४ स्वर्ण



नेपाललाई सागमा पहिलो स्वर्ण पदक कराँतेको पुरुष एकल कातातर्फबाट मण्डेकाजी श्रेष्ठले दिलाएका छन् । नेपालका लागि मन्डेकाजीले व्यक्तिगत प्रती’स्पर्धा र समूहमा दुईवटा स्वर्ण पदक जित्न सफल भएका छन्।

उनले करातेको एकल कातातर्फ पहिलो तथा पुरुष टिम कातामा महसुस तामाङ र प्रविण महर्जनसँगै अर्को स्वर्ण पदक जितेका हुन्। कराँतेतर्फ नेपालले चारवटा स्वर्ण पदक जितेको हो । मन्डेकाजीले २५.७२ अंकसहित नेपाललाई करातेतर्फ १३औं सागको पहिलो स्वर्णपदक दिलाए । यसतर्फ पाकिस्तानका निमातुल्लाहले २४.९२ अंकसहित रजत पदक जिते।
कराँतेको पुरुष टिम कातामा नेपालले अर्को स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित कराते हलमा सोमबार भइरहेको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण महर्जनको टोलीले २५.५४ अंक बटुल्दै स्वर्ण पदक जित्यो। फाइनलमा श्रीलंकालाई हरा’एर नेपाली टोलीले स्वर्णपदक जितेको हो ।
नेपालले कराँतेको महिला टिम कातातर्फ पनि स्वर्ण जितेको छ। नेपालले २४.८८ अंकसहित स्वर्ण पदक जितेको हो। नेपालले फाइनल भि’डन्तमा पाकिस्तानलाई हराएको थियो । नेपालका लागि सरु कार्की, निर्मला तामाङ र संगीता मगरले स्वर्ण जिताएका हुन्। नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई परा’जित गर्दै फाइनलमा पुगेर स्वर्ण जितेको हो।
नेपालका लागि कराँतेतर्फ लक्ष्मण तामाङले चौथो स्वर्ण पदक जित्न सफल भएका छन्। ५५ केजी तौल समूहतर्फ नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका हुन्। उनले फाइनल भि’डन्तमा बंगलादेशका मोहम्मद मोस्ताफालाई हराउँदै स्वर्ण पदक जितेका हुन्। लक्ष्मणले सेमिफाइनलमा श्रीलंकाका वार्नकुल सिरियाजकलाई हराएका थिए। त्यस्तै बंगलादेशी खेलाडी मोस्ताफाले पाकिस्तानका मुरद खानलाई ह’राउँदै फाइलन प्रवे’श गरेका थिए।
तेक्वान्दोबाट ३ स्वर्ण

नेपालले तेक्वान्दोतर्फ पनि पदक संख्या बढाउँदै लगेको छ। नेपालले अहिलेसम्म तेक्वान्दोबाट तीनवटा स्वर्ण पदक हात लगाएको छ। नेपालका लागि तेक्वान्दोतर्फ सिमा लिम्बूले नेपाललाई स्वर्ण पदक दिलाएकी छन्। सिमाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी हुन्। यो प्रतिस्पर्धामा सिमाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन्।

तेक्वान्दोतर्फकै पुम्सेको पुरुष एकलबाट कमल श्रेष्ठले स्वर्ण पदक जितेका छन्। तेक्वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका हुन्। नेपालका लागि पार्वती गुरुङले तेक्वान्दोमा अर्को स्वर्ण थपेकी हुन्। उनले २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्। फाइनल भि’डन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन् ।
यो प्रति’स्पर्धामा श्रीलंकाकी थिलाकसिकाजाविराले ८.१४० अंकसहित रजत पदक जितिन् । यसैमा भारतकी हर्षा सिंहले ८.०३० अंकसहित कास्य पदक जित्न सफल भएकी छन्।
ट्रायथोलनबाट १ स्वर्ण
साग अन्तर्गत पोखरामा भएको ट्रायथोलनको ईलाइट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जित्न सफल भएकी छन्। महिला ट्रायथोलनको पौडीमा तेस्रो बनेकी सोनी साइक्लिङमा दोस्रो बनेकी थिइन्। यस्तै दौडमा पहिलो हुँदै सोनीले स्वर्ण जितेकी हुन्।

उक्त प्रती’स्पर्धामा रजत र कास्य पदक भारतले जितेको छ। सागमा ट्रायथोलनबाट नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। पुरुषतर्फ नेपालका वसन्त थारुले कास्य पदक जितेका छन्। स्वर्ण र रजत दुवै पदक भारतीय खेलाडीले जितेका छन् ।








