‘अब उठ्न सक्ने भएँ, स्वास्थ्य राम्रो हुँदैछ’ (भिडियो सहित)


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताएका छन्। गत मंगलबार एपेन्डिसाइटिसको अपरे’सनपछि पहिलो पटक प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा क्रमिक रुपमा सुधा’र आएको बताएका हुन् । यसको साथै प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण नागरिकलाई धन्यवाद दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य स्थिति सुधार हुँदै गएको बताएका हुन्। उनले भिडियो सन्देशमा अस्पतालकै आईसियुबाट दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको उद्घाटन हेरेको पनि बताएका छन्।



‘एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रो’ग होइन। यो अचा’नक आइलाग्छ । मलाई पनि अप्र’त्याशित रुपमा त्यसै गरी आइलागेको हो। त्यसमा इन्फे’क्सन भएछ र त्यो बाहिर पनि फैलिएछ’, उनले भनेका छन्, ‘त्यसमा मात्रै इन्फे’क्सन भएको भए त्यसलाई निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि इन्फे’क्सन भएको हुनाले त्यो इन्फे’क्सनलाई पनि हटा’उनु पर्यो । त्यसकारण केही दिन हप्ता दश दिन उपचार गर्न लाग्ने भयो।’
ओलीले आफ्नो स्वास्थ्य राम्ररी अघि बढिरहेको पनि उल्लेख गरेका छन्। ‘मेजर अपरे’सनपछि पनि मेरो स्वास्थ्य राम्ररी अगाडि बढिरहेको छ। सु’धार भइराखेको छ। र, एउटा मेजर अप्रे’सनपछि अब तपाईंहरुले मलाई देखिरहनु भएको छ’, उनले भनेका छन्, ‘एउटा मेजर अप्रे’सनपछि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अव’स्थामा छु । र, समाचारहरु हेर्न सक्ने अवस्थामा छु।’
उनले आईसियुबाटै हिजो १३औं सागको उद्घाटन समारोह पनि हेरेको पनि जानकारी दिए । ‘हुन सक्छ कि सक्दैन भन्ने द्विविधाबीच खेलकुद प्रतियोगिता भएकोमा मलाई खुसी लागेको छ’, उनले भनेका छन्, ‘राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागी भएकोमा धन्यवाद भन्न चाहन्छु।
२ मिनेट ६ सेकेन्डको भिडियोमा प्रधानमन्त्रीले मेजर अपरे’सनपछि पनि आफू उठेर बोल्न सक्ने भएको जानकारी दिएका छन्। ओलीले १३औं सागको उद्घाटन गरेकोमा विद्यवादेवी भण्डारीलाई पनि धन्यवाद दिएका छन्।
उनले प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिँदै मैत्रीपूर्ण खेलमार्फत् देशको इज्जत बढाउन पनि आ’ग्रह गरेका छन्। उनले भनेका छन् ‘अब मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु सबैलाई आ’ग्रह गर्दछु ।’
हेर्नुस् भिडियो
मेरो स्वास्थ्य अवस्थाको बारे जानकारी pic.twitter.com/vuOFOyhBte
— PMO Nepal (@PM_nepal_) December 2, 2019








