नेपाललाई १५ स्वर्ण पदक


काठमाडौं : नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आयोजक राष्ट्र नेपाललाई १५ ओटा स्वर्ण पदक प्राप्त भएको छ। नेपाललाई कराँतेतर्फ सातओटा, तेक्वान्दोमा पाँचओटा र ट्रायथोलनतर्फ एउटा स्वर्ण पदक प्राप्त भएको हो। आयाेजक नेपालले विभिन्न तीनओटा खेलमा १५ ओटा स्वर्णपदक जितेको हो। योसँगै नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।



नेपालले कराँते र तेक्वान्दोमा समान ७/७ ओटा स्वर्ण पदक जित्न सफल भएको छ। नेपालका लागि कराँतेतर्फ मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोदर्फ आयशा शाक्यले २/२ ओटा स्वर्ण पदक जित्न सफल भए । नेपाललाई सागमा पहिलो स्वर्ण पदक कराँतेको पुरुष एकल कातातर्फबाट मण्डेकाजी श्रेष्ठले दिलाए। मन्डेकाजीले २५.७२ अंकसहित नेपाललाई कराँतेतर्फ १३औं सागको पहिलो स्वर्णपदक दिलाएका हुन् । यसतर्फ पाकिस्तानका निमातुल्लाहले २४.९२ अंकसहित रजत पदक जिते । नेपालका लागि मन्डेकाजीले व्यक्तिगत प्रति’स्पर्धा र समूहमा दुईवटा स्वर्ण पदक जित्न सफल भएका छन्। उनले कराँतेको एकल कातातर्फ पहिलो तथा पुरुष टिम कातामा महसुस तामाङ र प्रविण महर्जनसँगै अर्को स्वर्ण पदक जितेका हुन्।
कराँतेको पुरुष टिम कातामा नेपालले अर्को स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित कराँते हलमा सोमबार भइरहेको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण महर्जनको टोलीले २५.५४ अंक बटुल्दै स्वर्ण पदक जित्यो। फाइनलमा श्रीलंकालाई हराएर नेपाली टोलीले स्वर्णपदक जितेकाे हो । नेपालले कराँतेको महिला टिम कातातर्फ पनि स्वर्ण जितेको छ । नेपालले २४.८८ अंकसहित स्वर्ण पदक जितेको हो। नेपालले फाइनल भि’डन्तमा पाकिस्तानलाई हराएको हो। नेपालका लागि सरु कार्की, निर्मला तामाङ र संगीता मगरले स्वर्ण जिताएका हुन्। नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेर स्वर्ण जितेको हो।
नेपालका लागि कराँतेतर्फ लक्ष्मण तामाङले चौथो स्वर्ण पदक जित्न सफल भएका छन्। ५५ केजी तौल समूहतर्फ नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका हुन्। उनले फाइनल भि’डन्तमा बंगलादेशका मोहम्मद मोस्ताफालाई हराउँदै स्वर्ण जितेका हुन्। लक्ष्मणले सेमिफाइनलमा श्रीलंकाका वार्नकुल सिरियाजकलाई ह’राएका थिए। त्यस्तै बंगलादेशी खेलाडी मोस्ताफाले पाकिस्तानका मुरद खानलाई हरा’उँदै फाइलन प्रवे’श गरेका थिए।
कराँतेमै विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । कराँतेतर्फको ८४ केजी समूहमा नेपालका लागि विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। सातदोबाटोस्थित कराँते हलमा भएको फाइनल प्रति’स्पर्धामा विप्लवलालले पाकिस्तानका मोहम्मद बाजलाई परा’जित गर्दै स्वर्ण पदक जितेका हुन्। स्वर्ण जित्ने क्रममा विप्लवलालले सेमिफाइनलमा श्रीलंकाका माग्गोना गमरललएजलाई परा’जित गरेका थिए। विप्लवलालसँगको भि’डन्तमा श्रीलंकाली खेलाडीले अंकै जोड्न पाएनन्। विप्लवलालसँग पराजित पाकिस्तानका बाजले सेमिफाइलनमा बंगलादेशका एमडी एटिक्वुरलाई परा’जित गरेका थिए।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फ नेपाललाई अनु अधिकारीले सातौँ स्वर्ण पदक जिताइन्। नेपालका लागि अनुले कराँतेतर्फ सातौँ स्वर्ण पदक जिताउन सफल भएकी हुन्। त्यसैगरि कराँतेकै ४५ केजीतर्फ नेपालकी कुसुम खड्काले छैटौँ स्वर्ण पदक जितेकी छन्। ४५ केजी महिला कराँतेमा कुसुमले बंगलादेशकी खेलाडी मौनजिरा बोर्नालाई हरा’उँदै स्वर्ण पदक जितेकी हुन्। कुसुमले फाइनल यात्रका क्रममा श्रीलंकाकी सेनाराथ अराच्चिगेलाई सेमिफाइनलमा पाखा लगाएकी थिइन्। अर्को सेमिफाइनलमा पाकिस्तानकी एन्वेर एकुरालाई हरा’उँदै बंगलादेशकी मौनजिरा बोर्ना फाइनलमा पुगेकी थिइन्। यसअघि ७४ केजी समूहमा नेपाली खेलाडी दिवस श्रेष्ठले रजत पदक जितेका थिए। उनी बङ्लादेशका महम्मद रमजानलाई हराउँदै फाइनलमा पुगेका थिए। तर श्रीलंकाका जयकोदी अराच्चिगे केलाई हराउँदै फाइनल पुगेका पाकिस्तानका मुअहम्मद अविससँगको फाइनल भेटमा दिवस परा’जित भए।
नेपालले तेक्वान्दोतर्फ पनि ७ स्वर्णपदक जितेकाे छ । नेपालका लागि तेक्वान्दोतर्फ सिना मादेन लिम्बूले नेपाललाई स्वर्ण पदक दिलाएकी छन्। सिनाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत प्रति’स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी हुन्। उक्त प्रति’स्पर्धामा सिनाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन्। त्यसैगरी कमल श्रेष्ठले तेक्वान्दोतर्फकै पुम्सेको पुरुष एकलबाट स्वर्ण पदक जितेका छन्। तेक्वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका हुन्।
नेपालकी भेट्रान तेक्वान्दो खेलाडी आयशा शाक्यले दुईवटा स्वर्ण पकद जितेकी छन्। उनले पुम्से २९ वर्षमाथिको समूहमा पहिलो स्वर्ण पदक जितेकी छन्। त्यसपछि आयशाले तेक्वान्दोको पुम्से जोडीतर्फबाट सञ्जीवकुमार ओझासँग मिलेर अर्को स्वर्ण जितिन्। नेपालका लागि पार्वती गुरुङले तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन्। उनले २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्। फाइनल भि’डन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन्। उक्त प्रति’स्पर्धामा श्रीलंकाकी थिलाकसिकाजाविराले ८.१४० अंकसहित रजत पदक जितिन्। यसैमा भारतकी हर्षा सिंहले ८.०३० अंकसहित कास्य पदक जित्न सफल भएकी छन्।
तेक्वान्दोमा ७ स्वर्ण
टिम इभेन्टमा पनि स्वर्ण दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोतर्फ नेपालले अर्को स्वर्ण पदक जितेको छ। नेपालका लागि छैटौं स्वर्ण पदक महिलाले टिम इभेन्टबाट जितेका हुन्। नेपालका लागि निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जीला तामाङले टिम इभेन्ट प्रति’स्पर्धाबाट अर्को स्वर्ण पदक थपेका हुन्। तेक्वान्दोमा टिम इभेन्टमा स्वर्ण तेक्वान्दोतर्फ नेपालले सातौँ स्वर्ण पदक जितेको छ। नेपालका लागि सातौँ स्वर्ण पदक महिलाको टिम इभेन्टबाट जितेका हुन्। नेपालका लागि २३ वर्षमाथिको प्रति’स्पर्धा मा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीलाई राईले स्वर्ण पदक जिताएका हुन्। यसअघि निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जीला तामाङले टिम इभेन्ट प्रति’स्पर्धाबाट छैटौँ स्वर्ण पदक थपेका थिए।
ट्रायथोलनबाट सोनीलाई स्वर्ण
साग अन्तर्गत पोखरामा भएको ट्रायथोलनको ईलाइट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जित्न सफल भएकी छन्। महिला ट्रायथोलनको पौडीमा तेस्रो बनेकी सोनी साइक्लिङमा दोस्रो बनेकी थिइन्। यस्तै दौडमा पहिलो हुँदै सोनीले स्वर्ण जितेकी हुन्। उक्त प्रति’स्पर्धामा रजत र कास्य पदक भारतले जितेको छ। सागमा ट्रायथोलनबाट नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। पुरुषतर्फ नेपालका वसन्त थारुले कास्य पदक जितेका छन्। स्वर्ण र रजत दुवै पदक भारतीय खेलाडीको पोल्टामा गयो।
कसले जिते स्वर्ण
१ कराँते (एकल काता)- मण्डेकाजी श्रेष्ठ २ कराँते (टिम काता, महिला) ३ कराँते (टिम काता, पुरुष) ४ कराँते (५५ केजी) लक्ष्मण तामाङ ५ तेक्वान्दो पुम्से (२३-२९ वर्ष) कमल श्रेष्ठ ६ तेक्वान्दो पुम्से (१७-२३ वर्ष) सिना मादेन लिम्बु ७ तेक्वान्दो पुम्से (२३-२९ वर्ष) पार्वती गुरुङ ८ तेक्वान्दो पुम्से (२९ वर्षमाथि) आयशा शाक्य ९ ट्रायथलोन-सोनी गुरुङ १० तेक्वान्दो-पार्वती गुरुङ ११ कराँते-विप्लव श्रेष्ठ १२ कराँते-अनु अधिकारी १३ कराँते-कुसुम खड्का १४ तेक्वान्दो पुम्से-आयशा शाक्य/सञ्जीवकुमार ओझा १५ तेक्वान्दो २३ वर्षमाथिको टिम इभेन्ट ।