सामूहिक विवाह हुनै लाग्दा भत्कियाे मंच, स्वयम्बर समारोह स्थगित

जनकपुरधाम : सामूहिक विवाहको विधि सुरु भएकै बेला मंच भ’त्किएको छ स्वयम्बर समारोह स्थगित भएकाे छ । सोमबार जनकपुरधाम उपमहानगरपालिका १३ स्थित मंच भ’त्केपछि ३४ जोडीको सामूहिक स्वयम्बर समारोह स्थगित भएकाे हाे । बेहुलाहरू मंचमा बसिसकेको बेला बेहुलीहरू मंचमा चढ्ने क्रम सुरु भएपछि उक्त मंच भ’त्किएको हाे ।

मंचमा भ’त्के पनि कुनै किसिमको मानवीय क्ष’ति भने भएन । उनीहरूलाई सामान्य चो’टपटक लागेको छ । मंच सिधा तल बसेपछि बेहुला-बेहुलीहरू आ’त्तिएका थिए। अहिले उनीहरूलाई सुर’क्षाकर्मी र स्वयं’सेवकले बाहिर निकालेका छन्। अब एकैपटक अलग-अलग टेन्टले नै बनाएको मरबा (घर) मा विवाह विधि हुनेछ ।

उक्त विवाह समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादब, सांसदहरू, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंणेल, एसपी शेखर खनाल समेत सहभागी भएका थिए। विश्व हिन्दु परिषद नेपाल र मणि मण्डल समितिको संयुक्त आयोजनामा सामूहिक विवाह हुन लागेको छ । यसका लागि प्रदेश २ सरकारले समेत १० लाख रुपैयाँ सहयोग गरेको हो । विवाहमा दुई भारतीय जोडी र बाँकी सबै नेपालकै रहेका छन्।

सम्बन्धित खवर

Back to top button