आजदेखि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्याे

काठमाडौं : आजदेखि नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। नेपाल आयाल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २/२ रुपैयाँ बढाएकाे हाे । निगमका प्रव’क्ता विरेन्द्र गोइताका अनुसार राति १२ बजेदेखी कार्यन्वयन हुनेगरी २/२ रुपैयाँ मूल्य वृद्धि गरिएको छ।

ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । मूल्य बढेसँगै अब काठमाडौंमा प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ।

निगमले स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गरेको जनाएको छ।

सम्बन्धित खवर

Back to top button