काँकडभिट्टा ना’काबाट साढे ११ लाखको सुपारी ब’रामद

भद्रपुर : झापाको पूर्वी नाका काँकडभिट्टा ना’काबाट त’स्करी गरी लिँदै गर्दा साढे ११ लाखको सुपारी ब’रामद भएकाे छ । जिल्ला प्रहरी कार्यालय झापा र सश’स्त्र प्रहरी ब’ल नेपाल २ नम्बर गण झापाको संयुक्त प्रहरी टोलीले आइतबार मध्यरातमा उक्त मूल्य बराबरको सुपारी ब’रामद गरेको हो। प्रहरीले गएराति साढे १२ बजे झापा मेचीनगर नगरपालिका ३ बर्मेली टोलबाट साढे ४ हजार किलो सुपारी ब’रामद गरेको सश’स्त्र प्रहरी ब’ल नेपाल २ नम्बर गण झापाका सश’स्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए। बरामद गरिएको ७७ बोरा सुपारीको मूल्य ११ लाख ५५ हजार रहेको जनाइएको छ।

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको कमा’न्डमा खटिएको प्रहरी टोलीले सुपारी त’स्करले १६ वटा साइकलमा सुपारीका बोरा राखेर ल’स्करै भारततर्फ लैजाँदै गरेको अवस्थामा ब’रामद गरेको जनाएको छ। ब’रामद गरिएको सुपारीलाई सोमबार मेची भन्सार कार्यालय काँकडभिट्टा बु’झाइसकेको जनाइएको छ। केही समय ब’न्द भएको सुख्खा सुपारी तस्करी फेरि ठूलो हुन थालेकाे हाे । धेरै परिणाममा भारततिर तस्करी हुन थालेपछि रोक्न कार्य राेक्न नेपाल प्रहरी र सश’स्त्र प्रहरीले संयुक्त अभि’यान सुरु गरिएकाे छ। यसै क्रममा प्रहरीले काँकडभिट्टाबाट ठूलो परिणाममा सुख्खा सुपारी बरा’मद गरेको हा ।

काँकडभिट्टाबाट सुपारी त’स्करी भइरहँदा पनि उक्त क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सश’स्त्र प्रहरी गुल्म काँकडभिट्टाले चासो नदेखाउँदा जिल्लाबाट ख’टिएको प्रहरी टोलीले छा’पा मा’रेको हो। त्यसै गरी सश’स्त्र प्रहरीले नं २ गणबाट तथा मातहत बिओपीहरूबाट ख’टिएका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट अवै’ध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको दुई लाख ४८ हजार ४७१ रुपैयाँ मूल्य ब’राबरको विभिन्न किसिमका मो’टर पार्टस, लत्ता कपडा ब’रामद गरी मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा बुझाएको जनाइएको छ।

सम्बन्धित खवर

Back to top button