मृगौला प्र’त्यारोपणका लागि प्रधानमन्त्रीलाई विदेश लैजाने


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्र’त्यारोपण लागि विदेश लैजान चिकि’त्सक र नेकपा भित्र छलफल भएको छ। एपेन्डिसाइटिसको श’ल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सु’धार आइरहेको हुँदा अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्र’त्यारोपणका लागि अमेरिका लैजान चिकि’त्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छल’फल भएको हो ।
‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रा’स नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने। प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डाय’लासिस गरिसकिएको छ। नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छल’फल भइरहेको बताए। ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकि’त्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छल’फल भइरहेको छ’, उनले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ।’



केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकि’त्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन्। वरिष्ठ मिर्गौला रो’ग विशे’षज्ञसमेत शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अ’वस्थाबारे वि’ज्ञ चिकि’त्सकसँग छल’फल गरेको बताइएको छ। प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन्। नातामा भान्ज पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ।

प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डाय’लासिस गरिसकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको थप उपचारका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको ‘फर्स्ट पर्सन नोट’ पठाउँदै शनिबार स्वास्थ्य लाभको कामना गरेका थिए। ०६४ सालमा प्रधानमन्त्री ओलीले भारतमा मिर्गौला प्र’त्यारोपण गराएका थिए। ओलीले पुनः प्र’त्यारोपण अमेरिकामै गर्न चाहेका छन्। ओलीलाई स्वास्थ्य उप’चारका लागि विदेश लैजाने तयारी भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण ध’केलिएको छ। उनी २४ मंसिरमा पार्टी नेताहरुको नेतृत्व गर्दै चीन जाने तयारीमा थिए।
‘पार्टीभित्र प्रधानमन्त्रीको उपचार विदेश लगेर गरिने गरी आन्तरिक छल’फल छ। त्यही कारण अध्यक्ष नेतृत्वको टोलीको चीन भ्रमण ध’केलिएको छ,’ दाहालसँगै चीन जाने तयारीमा रहेका नेकपाका एक स्थायी समिति सदस्यले भने। प्रधानमन्त्री ओलीको उपचारको व्यवस्थापनकै लागि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की पनि काठमाडौंमै छन्। काठमाडौं बोलाइएपछि उनी तीन दिनअगाडि स्वदेश आएका हुन्। प्रधानमन्त्री ओलीको शुक्रबार गरिने स्वास्थ्य परि’क्षणको विवरण हेरेपछि यससम्बन्धी निर्ण’य गरिने स्रोतले जनाएको छ।








