छैटौँ पटक बालोन डी ओर जित्ने मेस्सी पहिलाे खेलाडी

काठमाडौं : अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले छैटौँ पटक बालोन डी ओर अवार्ड जितेर कीर्तिमानी रचेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेर कीर्तिमानी रचेका हुन् ।

मेस्सी ६ पटक बालोन डी ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन्। फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै उक्त अवार्ड चुमेका हुन् ।मेस्सीले यस अघि सन् २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक अवार्ड जितेका थिए।

मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन्। महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन्। त्यस्तै लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जितेका छन् ।

सम्बन्धित खवर

Back to top button