५२ स्थानमा भएकाे उपनिर्वाचनमा नेकपा ३१ र कांग्रेस १३ मा विजयी


काठमाडौं : तीनओटै तहका लागि भएकाे उपनिर्वाचनकाे सबै परिणाम आएकाे छ । अन्तिम परिणाम आएसँगै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको दुई वर्षअघि भएको निर्वाचनकै जस्तै निस्किएकाे छ । शनिबार भएको निर्वाचनमा केही स्थान हेरफेर भए पनि समग्रमा मुख्य राजनीतिक दल नेकपा र कांग्रेसको मत र परिणाम करिब उस्तै आएको छ ।
३७ जिल्लाका ५२ स्थानमा भएकाे उपनिर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वाम गठब’न्धनले ३१ स्थानमा जीत हाँसिल गरेकाे छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३, समाजवादी पार्टीले ४, राष्ट्रिय जनता पार्टीले ३ र स्वतन्त्रले १ स्थानमा जितेका छन्। संसद्मा रहेका चार राष्ट्रिय पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै उपनिर्वाचनमा आफ्नो अस्तित्व जाे’गाउन सकेका छन्। चुनावी चर्चामा विवेकशील, साझा, राप्रपा, नेमकिपालगायतका दल रहे पनि उनीहरूले जित निकाल्न सकेनन्। न्यून मतमै उनीहरूले चि’त्त बुझाउनुपरेको छ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका रिक्त ४८ स्थानका लागि उपचुनाव भएको थियो। नेकपाले केही स्थानमा आफ्नो पकड गुमाएको छ भने केही स्थान थपेको छ। यसअघि नेकपाले जितेको प्रदेशसभाको भक्तपुर १(क) र धरान उपमहानगरपालिकाको प्रमुख पद उसले गु’माएको छ।



प्रतिनिधिसभाको कास्की–२ र दाङ ३(ख) मा नेकपाका विद्या भट्टराई र विमलाकुमारी खत्री विजयी भएका छन्। उक्त दुवै क्षेत्रबाट यसअघि पनि नेकपाकै उम्मेदवारले जितेका थिए। प्रदेशसभाकै बागलुङ २(ख) बाट नेकपाले समर्थन गरेका राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले जितेका छन्। यसअघि पनि उक्त क्षेत्रमा जनमोर्चाले नै जितेको थियो ।









