महिला नेतृकाे भूमिका दाेस्राे दर्जामै सीमित

काठमाडौं : नेपाली राजनीतिमा अझैपनि महिलालाई दाेस्राे दर्जाकाे रुपमा हेरिएकाे पाइन्छ । एकाध बाहेक अधिकांश महिला नेतृलाई यस्ताे व्यवहार गरिएकाे पाइएकाे हाे । प्रायगरी कार्यकारी पद अहिलेसम्म पनि नेपाली राजनीतिमा स्वीकार गरेकाे पाइदैन् । सहायककाे भूमिकामा महिला नेतृहरु रहेकाे पाइन्छ । सबै राजनीतिक दलमा याे राे’ग विद्यमान छ । धेरैजसाे महिलालाई काेषाध्यक्ष बनाउँने चलन छ । त्याेभन्दा माथि भएमा उपाध्यक्षसम्म बनान्छ ।

महिला नेतृलाई आम निर्वाचनकाे समयमा पनि त्यसरी नै हेरिएकाे हुन्छ । जसरी संगठन जिम्मेवारी दिंदा हेरिन्छ । प्रायजसाे समानुपातिकबाट माथि ल्याउने गरिएकाे हुन्छ । जहाँसम्म संविधानले नै ३३ प्रतिशत महिला अनिवार्य चुनावमा सहभागिता गराउने व्यवस्था गरिएकाे भएपनि याे विषयमा सबैदल चु’केकाे पाइन्छन् । औपचारिकता निभाउन केही ठाउँमा माैका दिएपनि अंकगणीतीय हिसाबले जित्नकाे लागि एकदमै असम्भव ठाउँमा भने उनीहरुलाई चयन गरेको पाइन्छ । यसले गर्दा नीति निर्माण र शासन संचालन गर्ने ठाउँमा महिलाकाे उपस्थिति अहिले पनि नगन्ने मात्रामा मात्रै रहेकाे पाइन्छ ।

महिलाले अव’सर निश्चित काेटा पूरा गर्नका लागि पाउँछन् । यात क्ष’तिपूर्ति स्वरुप श्रीमानकाे नि’धन भएको ठाउँमा मात्रै उनीहरू माैका दिने गरेकाे पाइन्छ । यस्ताे अवस्थामा महिला नेतृकाे अगाडी ठूलाे प्रश्न चिन्ह खडा भएकाे पाइन्छ । के राजनीतिमा महिला दाेस्राे दर्जाकै मात्रै छन् ? के उनीहरुसँग न‍ेतृत्व हाक्ने क्षमता छैन् ? यसकाे उत्तर खाेज्नतिर कुनै दलका महिला नेतृ अझैपनि लागि परेको पाइदैन् । पार्टीद्वारा जेजे नि’र्णय गरिन्छ त्याे सहज रुपमा स्वीकार गरेकाे पाइन्छ । नपत्याए हेर्नुस् केही उदाहरण । ०६४ साल चैत २८ गते सम्पन्न संविधान सभाकाे पहिलाे निर्वाचनका लागि चुनावमा उ’त्रिएका सुर्खेतका ऋषि शर्माकाे चैत २७ गते ह’त्या भएपछि उनकाे ठाउँमा श्रीमती कमला शर्मालाई टिकट दिइयाे ।

राष्ट्रपति विद्या भण्डारीकै कुरा गर्दा पनि महिलालाई दाेस्राे दर्जाकै रुपमा हेरेकाे पाइन्छ । भलै उनी यतिबेला राष्ट्रपतिकाे दोस्रो कार्यकालमा छिन् । उनी संवैधानिक राष्ट्रपतिमा सीमित छिन् । तत्कालीन एमालेको केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसमेत भइसकेकी भण्डारीको राजनीतिमा उदय उपनिर्वाचनबाटै भएको थियो । पति मदन भण्डारीको जीप दु’र्घटनामा चितवनको दासढुंगामा नि’धन भएपछि काठमाडौं–१ मा भएको उपनिर्वाचनमा भण्डारी उम्मेदवार बनेकी थिइन् ।

श्रीमानकै निर्वाचन क्षेत्रमा उठेकी उनले कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई ह’राएकी थिइन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईलाई प’राजित गरी प्रतिनिधिसभामा प्रवे’श गर्न सफल भएकी भण्डारीलाई जिताउन त्यसबेला कांग्रेसमा अन्तरघा’त समेत भएको हल्ला चलेकाे थियाे । काठमाडौंवासीले पनि वि’धवा महिलालाई सहानुभूति प्रकट गर्दै मत दिएर सांसद बनाइदिए ।

अहिले कास्की २ मा पनि त्यस्तै भएकाे छ । कास्की २ मा भएकाे उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले प्रति’स्पर्धी कांग्रेस उम्मेदवार खेमराज पौडेललाई भारी मतले पछि पार्दै विजयी भएकी छिन् । याे सँगै उनी प्रतिनिधि सभाकाे सदस्य चयन भइन् ।

नेपालको राजनीतिक इतिहासमा अर्की विद्या भट्टराई उपनिर्वाचनबाटै संघीय संसद्मा पुगेकी हुन् । उनी पनि आफ्ना श्रीमानकाे नि’धनपछि मात्रै उनको चुनाव क्षेत्रबाट उम्मेदवार भएर सांसद बनेकी हुन् । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारी ताप्लेजुङमा भएकाे हेलिकप्टर दु’र्घटना परी एकवर्ष पहिले दि’वांगत भएका थिए । संयोग नै मान्नुपर्छ विद्या भण्डारी र विद्या भट्टराईको नियति एउटै देखिएको छ । दुवै नेकपा (एमाले र माओवादी एकतापछि) बाट राजनीति गर्दै आएका छन् ।

माथि उल्लेखित दृष्टान्तबाट के बुझ्न सकिन्छ भने नेपालकाे राजनीतिमा महिला नेतृकाे भूमिका दाेस्राे दर्जाकाे सरह रहन गएकाे छ । कहिलेसम्म यसरी राजनीति गर्ने ? राजनीतिक चेतना अझै फराकिलाे बनिनसकेकाे भान हुन्छ ।

सम्बन्धित खवर

Back to top button