बागलुङमा जीप दु’र्घटना : १४ जनाको मृ’त्यु

बागलुङ : बागलुङमा जीप दु’र्घटना हुँदा १४ जनाको ज्यान गएको छ । आज विहान जिल्लाको बडिगाड गाउँपालिका–७ मा जीप दु’र्घटना हुँदा १४ जनाको ज्यान गएको हो ।

दु’र्घटनामा ३ जना घा’इते भएको र एक जना बे’पत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। गुल्मीको ईस्माबबाट बुर्तिबाङ आउँदै गरेको जीप दु’र्घटनामा परेको जनाइएको छ। बडिगाड गाउँपालिका-७ भिङगिठे घोपर्नामा जीप दु’र्घटना भएको हो।
गुल्मी ईस्माबबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द भट्टराईले बताए।

दु’र्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको ज्यान गएको हो । तीनजनाको उ’द्धार गरी उपचारर्थ बुर्तिवाङ पठाइएको प्रनाउ भट्टराईले बताए। ज्यान गुमाउनेहरुमा निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोला देवाली पूजाका लागि आउँदै गरेका यात्रुहरु परेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button