मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार


काठमाडौं : मलेसियाले ३१ हजार नेपाली कामदार मा’ग गरेको छ।नेपाली कामदारहरुको प्रमुख रोजगार गन्तब्य मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार मा’ग गरेको हो।
कामदार मा’ग र जाने प्रकियाबारे मलेसियास्थित नेपाली दूतावासको विज्ञ’प्ति निकाली यस्तो जानकारी गराएको हो । क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक वि’ज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१ हजार भन्दा धेरै नेपाली कामदार मा’ग गरेको जानकारी गराएको छ।



मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, से’क्युरिटी गा’र्डसहित सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि १४ सय ७५, प्ला’न्टेसनका लागि १३ सय ९७ र नि’र्माण क्षेत्रका लागि एक हजार ३० जना नेपाली कामदार मा’ग गरेको हो।
पढ्नुस् विज्ञप्ति










