१० हजार मिटर दौडमा नेपाललाई स्वर्ण पदक


काठमाडौं : नेपालमा जा’री १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा आयोजक नेपाललाई स्वर्ण पदक मिलेको छ । नेपाली धावक सन्तोषी श्रेष्ठले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक दिलाएकी हुन्।
सन्तोषीले भारतकी कविता यादवलाई उछिन्दै स्वर्ण जितेकी हुन्। सुरुबाटै अग्रता बनाएकी उनले अन्तिमसम्म त्यसलाई कायम गर्दै स्वर्ण जितिन्। सन्तोषीलाई लगातार पछ्याए पनि कविताले रजत जितेकी छन्। कविताले नेपालकी सन्तोषीलाई अन्तिममा उछिन्दै अग्रता बनाए पनि केही सेकेन्डले स्वर्ण नेपालको पक्षमा आयो। कवितालाई १ मिलिसेकेन्डले उछिन्दै सन्तोषीले स्वर्ण जितिन्।



एक कास्य
नेपालका लागि धावक टंक कार्कीले पुरुष १५ सय मिटर दौडमा कास्य पदक जितेका छन्। दशरथ रंगशालामा मंगलबार भएको फाइनल खेलमा टंकले निर्धारित दौड ३ मिनेट ५९.२० सेकेन्डमा पूरा गर्दै कास्य जितेका हुन् । दौडमा लामो समय पाँचौ स्थानमा रहेका टंकले अन्तिम ल्यापमा उत्कृष्ट पुनरागमनसहित कास्य जितेका हुन् । यसतर्फ भारतका अजयकुमार सरो ३ मिनेट ५४.८१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । भारतकै अजीत कुमारले ३ मिनेट ५७.१८ सेकेन्डमा दुरी पुरा गर्दै रजत जितेका छन् ।
महिलातर्फ सरस्वती भट्टराई पाँचौ बनेकी छन् । उनले दौडको १२ सय मिटरसम्म अग्रता बनाएर अन्तिम ल्यापमा पछि परिन्। श्रीलंकाकी कुबुरालागेले स्वर्ण जितिन् भने भारतकी चद्नाले रजत जितिन्।
महिलाको १ सय मिटर दौडमा सरस्वती चौधरीले अन्तिम चरणमा प्रति’स्पर्धा गरे पनि पदकविहीन भइन्। उनले हिट चरणमा १२.५७ सेकेन्डमा दुरी पुरा गरेर शी’र्ष आठमा समेटिन पुगिन ।