भुटानविरुद्ध तेस्रो गोल गर्दै नेपालको अग्रता कायमै

काठमाडौँ : १३ औँ साग अन्तर्गत पुरुष फुटबलमा भुटानविरुद्ध नेपालले तेस्रो गोल गरेको छ । दोस्रो हाफको पाँचौ मिनेटमा अग्रता दोब्बर बनाएको नेपालले ६६ औं मिनेटमा तेस्रो गोल गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमा कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको नेपालले दोस्रो हाफको पाँचौ मिनेटमा उनकै गोलको मद्दतमा अग्रता दोब्बर बनाएको थियो ।

६६ औं मिनेटमा अभिषेक रिजालले हेडमार्फत् सुन्दर गोल गरेका हुन् । रिजाल गोल गरेसँगै मैदानबाट बाहिरिएका छन् । उनको ठाउँमा रेजिन सुब्बा मैदान प्र’वेश गरेका छन् ।

साग पुरुष फुटबल अन्तर्गत सोमबार भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले ह’राएको थियो । यसअघि नै तीन अंक जोडिसकेको भुटानसँग नेपालले पहिलो खेल खेल्दै छ । नेपालले पहिलो खेलको ६६ मिनेट पूरा हुँदा ३ गोलको अग्रता लिएको हो ।

सम्बन्धित खवर

Back to top button