महिला भलिबल: नेपाल र भारत बीच क’डा प्रति’स्पर्धा

काठमाडौं : १३ औं सागमा नेपाली महिला भलिबल टोली अहिले बलियो प्रतिद्वन्द्वी भारतसँग फाइनलमा भि’डिरहेको छ। भारत र नेपालले एकएक बराबरीको सेट हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी महिला भलिबलको स्वर्ण पदकको लागि कडा प्रतिस्पर्धा भैरहेको छ । भारतले पहिलो सेट २५-१८ ले जितेको हो। नेपालले पनि पहिलो सेट जित्दा २५-२३ रहेको थियो । नेपालले सुरुवाती प्वाइन्टसँगै अग्रता बनाए पनि तालमेल मिलाउन नसक्दा पहिलो सेट गुमाएको हो।

रजत पदक पक्का गरिसकेको नेपाली महिला भलिबल टोली स्वर्ण जित्ने लक्ष्यका साथ सं’घर्ष गरिरहेको छ। नेपालले श्रीलंकालाई हराएर कम्तीमा रजतपदक पक्का गरिसकेको छ ।

सम्बन्धित खवर

Back to top button