स्वर्णका लागि भि’डेका चेली रजतमै सीमित
काठमाडौं : नेपालमा जा’री १३ औं सागमा नेपाली महिला भलिबल टोली ऐतिहासिक स्वर्ण पदकको नजिक पुगेपनि भारतको पोल्टामा परेको छ । २/२ बराबरीको सेटमा खेलेको नेपालले कडा प्रतिस्पर्धाको बीचमा ऐतिहासिक जीतबाट विमुख भएको हो । उपविजेता बनेपछि नेपाली चेलीहरु भावुक भएका छन्।
तर, सागमा नेपाली महिला भलिबल टिमका लागि रजत पदक नै ऐतिहासिक सफलता हो। बलियो प्रतिद्व’न्द्वी भारतलाई द’ह्रो ट’क्कर दिएर पनि अन्तिम चौथो र पाँचौ सेट गुमाउन पुग्दा नेपाली चेलीको टोली रजतमा सीमित भयो।
स्वर्ण गुमाएपछि भावुक भएका चेलीहरुलाई भलिबल कोर्टमा उपस्थित दर्शक र विशिष्ठ अतिथिहरुले स’म्झाएका थिए। त्रिपुरेश्वरस्थित कभर्डहलमा नेपाली चेलीहरुको टोली ३-२ को सेटमा भारतसँग पराजित भएका हुन् ।