भुटानविरुद्ध नेपालको शानदार जीत

काठमाडौं : १३ औं साग अन्तरगत भुटानविरुद्ध नेपालले शानदार जीत निकालेको छ । नेपालमा जारी क्रिकेट खेलमा नेपालले १४१ रनले जीत निकालेको छ । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा भुटान ६ विकेट ९५ रन मात्रै बनाएको हो । बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३६ रन बनायो।

टि-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो अंक हो। कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेलेर कीर्तिमानी राखेका छन्। अन्तर्राष्ट्रिय टि–२० मा यो उनको पहिलो शतक हो। यस अघि टि-२० अन्तराष्ट्रियमा निवर्तमान कप्तान पारस खड्काले मात्र शतक बनाएका थिए।

यस अगाडि भएको पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो। मंगलबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।

सम्बन्धित खवर

Back to top button