भुपेनले दिलाए नेपाललाई स्वर्ण पदक

काठमाडौं : नेपालमा जारी १३ औँ दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गत तेक्‍वान्दोमा नेपाली खेलाडी भुपेन श्रेष्ठले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित तेक्‍वान्दो कक्षमा भएको फाइनल प्रतिस्प’र्धामा भुपेनले भारतीय खेलाडी अक्ष हुडालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन्।

८७ केजीमुनिको तौल समूह अन्तर्गत भएको फाइनल खेलमा भुपेनले २७ का विरु’द्ध २९ अंकले बा’जी मारेका हुन् । बिहीबार ६ ओटा स्वर्णका लागि भएका भिड’न्तमा नेपालले एउटामै चि’त्त बुझायो।

मनिता शाहीसहितका अन्य खेलाडीहरु भारत र पाकिस्तानी खेलाडीसँग फाइनलमा पराजित हुँदै रजतमा चित्त बुझाउन बा’ध्य भए।

सम्बन्धित खवर

Back to top button