मालदिभ्स बंगलादेशसँग ६ रनमा अल आ’उट

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा माल्दिभ्स महिला क्रिकेट टोली बंगलादेशसँग ६ रनमा अल आ’उट भएको छ । २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १२.१ ओभरमा ६ रनमा अल आउ’ट भएपछि बंगलादेश २ सय ४९ रनको फराकिलो अ’न्तरले विजयी हुँदै फाइनलमा पुगेको छ । बंगलादेशले स्वर्णका लागि नेपाल र श्रीलंका मध्य एकसँग खेल्ने छ । जसको लागि शुक्रवार नेपाल र श्रीलंका बीच खेल हुने छ । माल्दिभ्सकी किनथा इस्लाम र सज्जा फाथिमथले १–१ तथा शाम्मा अलीले २ रन जोड्न बाहेक अन्यले खाता खोल्न सकेनन् ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलि रहेको माल्दिभ्सको लागि ८ ब्याट्सवुमेनले खाता खोल्न सकेनन् । बंगलादेशका रितु मोनु र सल्मा खातुनले समान ३ लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गु’माउँदै २ सय ५५ रन बनाएको थियो । बंगलादेशकी निगारा सुल्तान ६५ बलमा १४ चौका र ३ छक्का सहित १ सय १३ रनमा अवि’जित रहीन् । त्यस्तै फर्गाना हकले ५३ बलमा २० चौका सहित १ सय १० रनमा अवि’जित रहिन् । तेस्रो विकेटका लागि फर्गाना र निगाराले २ सय ३६ रनको सा’झेदारी गरेका थिए । माल्दिभ्सको शाम्मा अलीले १ विकेट लिइन् ।

पहिलो खेलमा नेपालसँग १० विकेट र दोस्रो खेलमा श्रीलंकासँग २ सय ४९ रनले परा’जित भएको माल्दिभ्स जीत वि’हीन हुँदै बाहि’रिएको छ । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेट र दोस्रोमा नेपाललाई १० विकेटले ह’राएको थियो । टि ट्वान्टी महिला आईमा माली महिला क्रिकेट टोली पनि गत जुनमा रुवान्डासँग ६ रनमा अल आ’उट भएको थियो ।

सम्बन्धित खवर

Back to top button