पाल्पामा जीप दु’र्घटना हुँदा चालक र सहचालको मृ’त्यु


पाल्पा : पाल्पामा भएको जीप दु’र्घटनामा चालक र सहचालकको ज्यान गएको छ । आज बेलुका भएको जीप दु’र्घटना परी चालक र सहचालको ज्यान गएको हो ।
बिरामी बुटवल पुर्याएर पाल्पा फर्किँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको चौबिस माइलमा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।



रैनादेवी छहरा गाउँपालिका ५ का २६ वर्षीय चालक दिलिप बमरेल र १७ वर्षीय सहचालक कृष्ण कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।








