साग: आज छैटौं दिन २९ खेलमा प्रति’स्पर्धा


काठमाडौं : नेपालमा जा’री १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत आज (शुक्रबार) १९ खेलमा प्रति’स्पर्धा हुँदैछ ।सागको छैटौं दिन आज काठमाडौं, पोखरा र जनकपुरमा १९ खेलमा प्रति’स्पर्धा हुनेभएको हो ।
आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रति’स्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । यसबाहेक बाँकी खेलहरु काठमाडौंमा हुनेछन् ।



किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १ बजे हुने पुरुष क्रिकेटको पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू २३ को सामना गर्ने छ भने दोस्रो खेल नेपाल र माल्दिभ्सबीच हुनेछ । पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ । फाइनल पुग्न नेपाललाई बलियो प्रतिद्व’न्दी श्रीलंकामाथि जित निकाल्नै पर्ने दबाब छ ।
यस्तै, आजबाट बक्सिङ सुरु हुँदैछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रति’स्पर्धा गर्नेछ । यसैगरी पौडीमा आज विभिन्न ७ इभेन्टमा स्वर्ण पदकका लागि प्रति’स्पर्धा हुनेछ ।








